दफा २०
बेग्लै हिसाब राख्नु पर्ने
(१) कुनै बीमकले विमा व्यवसायको साथसाथै अन्य कुनै व्यवसाय गरेमा त्यस्तो बीमकले विमा व्यवसाय संबन्धी हिसाब किताब बेग्लै राख्नु पर्नेछ । (२) एकभन्दा बढी विमा व्यवसाय गर्ने बीमकले प्रत्येक विमा व्यवसायको हिसाब किताब छुटृाछुटृ रुपमा स्पष्ट पारी राख्नु पर्नेछ ।